हेमजाको अम्मटमा हुने फ्रिस्टाइल फुटबलको तयारी पूरा

फाइभ ए साइड फुटबलतर्फ उद्घाटनमा आरएस ब्लु र डकहाउस रेड भिड्ने

पाेखरा | कात्तिक ८, २०८१

हेमजाको अम्मटमा हुने फ्रिस्टाइल फुटबलको तयारी पूरा

पोखरा महानगरपालिका–२५ हेमजास्थित अम्मटमा ‘बिच एण्ड फिस फेस्टिभल २०८१ मा आयोजना हुने फ्रिस्टाइल फुटबलको तयारी पूरा भएको छ ।

 

आर.एस.बिच क्लबको आयोजनामा हुने फ्रिस्टाइल फुटबलको तयारी पूरा भएको क्लबका अध्यक्ष रमेश कार्कीले जानकारी दिए । उनका अनुसार सो ब्याटलमा देशभरका १२ जनाले प्रतिस्पर्धा गर्नेछन् ।

 

'फ्रिस्टाइल ब्याटलको फाइनल भोलि नै हुनेछ । त्यसका लागि देशका विभिन्न ठाउँबाट खेलाडीहरु आइसकेका छन् ।' उनले भने ।

 

उनले फ्रिस्टाइलको वान भर्सेस वान ब्याटल भने शनिबार बिहान आयोजना गरिने जानकारी दिए ।

 

कार्कीले खुला फाइभ ए साइड फुटबलतर्फको उद्घाटन खेलपनि शुक्रबार दिउँसो २ बजे हुने बताए । उनका अनुसार उद्घाटन खेलमा आरएस ब्लु र डकहाउस रेड भिड्नेछन् ।

 

फुटबलको उपाधि विजेताले ५० हजार  र उपविजेताले २५ हजार पुरस्कारसहित प्राप्त गर्नेछन् । 

 

प्रतियोगितामा सहभागिता जनाउन एक टिमलाई ५ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी, गोलकिपर, डिफेण्डर र हाईस्कोररलाई पुरस्कार प्राप्त गर्नेछन् । 

 

यस्तै फ्रिस्टाइल फुटबल प्रतियोगितामा च्याम्पियन बन्ने खेलाडीले १० हजारसहित बन्जी प्याकेज र उपविजेताले ५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

 

प्रतियोगितामा सहभागिता जनाउन एक टिमलाई १ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

 

यस्तै ‘बिच एण्ड फिस फेस्टिभल २०८१ को समापनको दिन घोडा दौड र बल्छी हान्ने प्रतियोगिता समेत आयोजना गरिने छ ।

 

घोडा दौड प्रतियोगिताको विजेताले २० हजार र उपविजेताले १० हजार पुरस्कार प्राप्त गर्नेछन् । घोडा दौडमा सहभागिता जनाउन एक टिमलाई ३ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ । 

 


 

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्